सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । तारकेश्वर नगरपालिका– ९ र १० मनमैजुस्थित भिरालो पाखोमा रहेका टहराहरूबाट करिब ३ हजार १ सय लिटर तयारी घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।
सोही स्थानबाट प्रहरीले करिब ८ हजार ५ सय लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत मंगलबार नष्ट गरेको छ ।
उक्त स्थानमा संखुवासभा स्थायी ठेगाना भएका निमा शेर्पा समेतका व्यक्तिहरुले अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा विक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले मंगलबार छापा मारेको थियो ।
प्रहरीले आन्तरिक राजश्व कार्यालय बालाजुका प्रतिनिधि, तारकेश्वर नगरपालिका-९ र १० का वडा प्रतिनिधिहरु र स्थानीय व्यक्तिहरुको रोहवरमा तलासी गर्दा ठूलो मात्रामा मदिरा भेटिएको थियो ।
घटनाका सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ ।