सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय आइसिसीले नेपाल क्रिकेट संघ ९क्यान० माथि लगाको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइसिसीले ‘कन्ट्रोल फन्डिङ’ बाट नेपाललाई फुकुवा गरेको जनाएको हो । यसअघि २०७६ असोज ११ र १२ गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभामार्फत नयाँ कार्यसमिति आइसकेपछि क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो । तर, त्यसबेला आइसिसीले क्यानलाई ‘कन्ट्रोल फन्डिङ’ मा राखेको थियो । निलम्बन फुकुवादेखि कार्यसमितिको उत्कृष्ट कार्यसम्पादनको मुल्यांकन गर्दै क्यानले ‘कन्ट्रोल फन्डिङ’ हटाएको क्यानले जनाएको छ । कन्ट्रोल फन्डिङ’ पूर्णरुपमा हटेसँगै नेपालले अबदेखि एकदिवसीय मान्यताप्राप्त अन्य एसोसियट देशहरुसरह आर्थिक अनुदा र गतिविधि गर्न पाउने भएको छ ।
नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता गर्ने
धान दिवसको अवसर पारेर नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता आयोजना गर्ने भएको छ ।
महासंघको सोमबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय धान दिवसको अवसर पारेर खेलाडी खेतमा दुई दिन भन्ने नाराका साथ हिले डोरी तान प्रतियोगिता आयोजना गर्न लागेको हो ।
त्यस्तै महासंघले मंिसर १४ गते स्थापना दिवसको अवसरमा देशभर साताव्यापी खेल महोत्समव आयोजना गर्ने भएको छ ।
महासंघले देशभर हुने खेलकुद कार्यक्रमको वार्षिक क्लालेन्डर बनाउने भएको छ। उसले महासंघमा आवद्ध खेल संघहरुको बैठक राखेर यस्तो क्यालेन्डर बनाउन लागेको हो ।
ओलम्पिक दिवसमा स्क्वास प्रतियोगिता हुने
नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा ओलम्पिक डे स्क्वास प्रतियोगिता हुने भएको छ ।
सो प्रतियोगिता बुधबारदेखि सुरु भएर शनिबार सम्पन्न हुनेछ । प्रतियोगतामा पुरुष ओपन, महिला ओपन, यु–१९ ब्वाइज, ५० वर्ष माथि उमेर समूहको भेट्रान ओपन र प्लेट च्याम्पियन्सीप इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका सबै शीर्ष स्क्वास खेलाडीसहित कूल ६० जनाको सहभागिता रहनेछ ।
नेपाल स्क्वास संघका सदस्य राजेन्द्र शाक्यका अनुसार यो स्क्वास प्रतियोगिता नेपाल स्क्वास एन्ड ¥याकेट्स संघको वार्षिक क्यालेन्डरमा रहेको हुँदा हरेक वर्ष आयोजना हुने गर्दछ ।