एनएसएलको नयाँ मिति भदौ अन्तिम सातालाई

मंगलबार, जेठ ३१, २०७९
Global Ime Bank

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि भदौ अन्तिम सातादेखि कार्तिक पहिलो सातासम्मको समय उपलब्ध गराएको छ । एन्फाले सोमबार आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टलाई पत्र काट्दै एनएसएलका लागि भदौ २५ गतदेखि कार्तिक ५ गतेसम्मको समय उपलब्ध गराएको हो । 

साथै एन्फाले प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु खेल हुनुपूर्व स्वीकृत गराउन आग्रह गरेको छ । यसअघि एनएसएलको दोस्रो संस्करण चैत्र २६ गतेदेखि ८ गतेसम्म हुने तय भए पनि सहभागी क्लबहरुले तयारीका लागि समय नपुग्ने बताएपछि प्रतियोगिता स्थगित भएको थियो । 

त्यसपछि प्रतियोगिता आयोजनाको लागि आयोजकले एन्फासँग भदौ २५ देखि कार्तिक ५ गतेसम्मको समय माग गरेको थियो । प्रतियोगिताको लागि आयोजकले गत फागुन २० गते खेलाडी अक्सनसमेत गरेको थियो । एनएसएलको दोस्रो संस्करणमा असन्तुष्ट जनाउँदै ‘ए’ डिभिजन लिगका क्लबहरु समेत विरोधमा उत्रिएका थिए । जसका कारण प्रतियोगिता निर्धारित समयमा हुन सकेको थिएन । 

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार