रुविनाको कप्तानीमा राष्ट्रिय क्रिकेट टिम घोषणा

सोमबार, जेठ ३०, २०७९
Global Ime Bank

काठमाडौं । एसिसी महिला टी-२० च्याम्पियनसिपको लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको लागि सोमबार रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । यसअघि प्रतियोगिताको लागि क्यानले प्रारम्भिक टिममा १९ खेलाडी बोलाएको थियो । जुन १७ देखि सुरु हुने च्याम्पियनसिपमा नेपाल, हङकङ, कुवेत, बहराइन र भुटानसँगै समूह ‘बी’ मा छ ।

नेपालले प्रतियोगिताअन्तर्गत जुन १७ मै भुटानविरुद्ध पहिलो खेल खेल्ने तालिका छ । यस्तै, नेपालले जुन १८ मा कुवेत, जुन २० मा बहराइन र जुन २१ मा हङकङविरुद्ध खेल्ने छ ।

नेपाली टिम :
रुविना क्षेत्री (कप्तान), इन्दु वर्मा, सीता रानामगर, ज्योति पाण्डे, कविता कुँवर, अस्मिना कर्माचार्य, कविता जोशी, ममता चौधरी, मनीषा उपाध्याय, डोली भट्ट, विन्दु रावल, सङ्गीता राई, अप्सरी बेगम, काजोल श्रेष्ठ, सबनम राई

 

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  २१:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार