मकवानपुरबाट ९६ केजी गाँजासहित तीन जना पक्राउ

सोमबार, जेठ ३०, २०७९

मकवानपुर । भिमफेदी गाउँपालिका–९ चुनियाबाट ९६ किलो ८४० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–२ रिठ्ठेपानी बस्ने ३० वर्षीय अभिषेक लामा, कैलाश गाउँपालिका–९ घैराङ बस्ने ३७ वर्षीय ज्ञान बहादुर गोले र सोही गाउँपालिका–१० बलमटार बस्ने ४९ वर्षीय चन्द्र लामा रहेका छन् । ना.२ ह ३५६६ नम्बरको अटोलाई अस्थाई प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी अटो चालक अभिषेक सहित ३ जनालाई पक्राउ गरिएको हो ।  

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार