लमजुङ प्रहरीद्वारा नगदसहित सात जुवाडे पक्राउ

आइतबार, जेठ २९, २०७९

लमजुङ  । लमजुङ प्रहरीले सदरमुकाम बेँसीशहरबाट ४४ हजार ७ सय ७०  रुपैयाँ नगदसहित सात जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले शनिबार दिउँसो २  बजेको समयमा बेँसीशहर-७ पुरानो बैंकचोक स्थित बुद्धि कुमार श्रेष्ठको घरमा हार जितको बाजी राखी जुवा-तास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बेँसीशहर नगरपालिकाका तीन जना, मर्स्याङ्दी गाउँपालिकाका दुई जना, दोर्दी गाउँपालिकाको एक जना र नवलपरासी जिल्लाका एक जना रहेका छन् ।  

प्रहरीले उनीहरूको साथबाट  १६० पत्ती तास र नगद ४४ हजार ७ सय ७० रुपैयाँ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए ।  उनका अनुसार आइतबार सार्वजनिक बिदा परेका कारण उनीहरूलाई सोमबार जिल्ला प्रशासन कार्यालय लमजुङमा म्याद थप गरी अनुसन्धान गरिनेछ ।लमजुङ प्रहरीले  चालु आव २०७८/०७९ मा  जुवातास खेल्ने खेलाउने ८० जना पुरुष र १ महिलालाई नगद  ८ लाख ६५ हजार दुई सय रकम बरामद गरी कानुनको दायरामा ल्याएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १९:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार