सोसल मिडिया
Contact Us
युनिकोड
कोलम्बो (श्रीलङ्का) । श्रीलङ्काको कूल जनसङ्ख्याको २२ प्रतिशत वा ४.९ करोड मानिसहरूलाई अहिले खाद्यान्न सहायताको आवश्यक रहेकोे संयुक्त राष्ट्र सङ्घीय एक उच्च अधिकारीले बताएका छन् । संयुक्त राष्ट्र सङ्घीय आवासीय संयोजक हाना सिङ्गर–हम्डीले श्रीलङ्कामा हालको खाद्य सुरक्षा स्थितिमा दबाब दिन विभिन्न कारकहरू अन्तरक्रिया गरिरहेका बताए । “हामीले कम आय भएका परिवारहरू सबैभन्दा बढी प्रभावित भएको र कठिन परिस्थितसँग सामना गर्ने रणनीतिहरू अपनाएको पनि देखेका छौँ,” सिङ्गर–ह्यामडीले डेली मिरर पत्रिकासँगको एक अन्तरवार्ता भने । रासायनिक मलको अभावका कारण सन् २०२१-२०२२ मा धान बालीमा ४० देखि ५० प्रतिशतसम्म कमी आएको उनले बताइन् । संयुक्त राष्ट्र सङ्घीय आवासीय प्रतिनिधिले थप्नुभयो, “अप्रिल २०२१ मा रासायनिक मल आयातमा प्रतिबन्ध लगाउने प्रारम्भिक निर्णयदेखि प्रतिबन्ध अघिको अवधिको तुलनामा मल आयातमा खर्च झन्डै ६० प्रतिशतले घटेको छ । पहिले माथिल्लो मध्यम आय भएको देश श्रीलङ्काले स्वतन्त्रता पछि सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । मे महिनामा खाद्य मुद्रास्फीति ५७.४ प्रतिशत रहेको छ भने प्रमुख खाद्य वस्तुहरूको अभावका साथै खाना पकाउने, यातायात र उद्योगका लागि इन्धनको अभाव व्यापक रहेको छ । दैनिकरूपमा विद्युत्को आपूर्तिमा समस्या चलिरहेको छ । उत्पादनमा आधारभूत आगतको उपलब्धता नपुगेको, सन् २०२२ मार्चदेखि मुद्राको ८० प्रतिशत मूल्य ह्रास भएको र विदेशी सञ्चितिको अभाव रहेको छ । देशले आफ्नो अन्तर्राष्ट्रिय ऋण दायित्व पूरा गर्न नसकेका कारण अर्थतन्त्र तीव्र सङ्कुचनको अवस्थामा रहेको छ । आर्थिक सङ्कटले विशेष गरी खाद्य सुरक्षा, कृषि, जीविको पार्जन र स्वास्थ्य सेवाको पहुँचमा असर पारेको छ । बीउ, मल, इन्धन र ऋणको अभावले गर्दा खाद्यान्न उत्पादन जोखिममा परेको छ । हाल झन्डै ५० लाख मानिस (२२ प्रतिशत जनसङ्ख्या) लाई खाद्यान्न सहयोगको खाँचो छ । हालैका सर्वेक्षणहरूले देखाएअनुसार ८६ प्रतिशत परिवारहरूले खाद्यान्न सङ्कटका कारण समस्या भोगिरहेका छन् । श्रीलङ्कामा अहिले करिब २०० अत्यावश्यक औषधिहरूको अभाव भएको र आगामी दुईदेखि तीन महिनामा अर्को १६३ वटा औषधिहरूको अभाव हुने अनुमान गरिएको छ । यसबाहेक, २,७०० भन्दा बढी आवश्यक शल्यक्रिया र २५० भन्दा बढी नियमित प्रयोगशालाका सामानहरूको पनि स्टक अभाव देखिएको छ । विद्युत् भार कटौती र जेनेरेटर सञ्चालन गर्न इन्धनको अभावका कारण धेरै अस्पतालले नियमित र अविलम्ब शल्यक्रिया तथा प्रक्रिया स्थगित गर्नुपर्ने बाध्यता रहेको छ ।
युगान्डामा पनि भोकमरी, सहयोगका लागि राष्ट्रसङ्घीय निकायको आग्रह
युगान्डामा पनि भोकमरीको समस्या परेको भन्दै संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोगका लागि आह्वान गरेका छन् । ती एजेन्सीहरुले बुधबार यहाँका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परीसकेका भन्दै उनीहरुलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ । युगान्डामा रहेका राष्ट्रसङ्घीय एजेन्सीहरुले बुधबार सो आह्वान गरेका बताइएको छ । युगान्डाको उत्तरपश्चिमी क्षेत्र कारामोजामा यस्तो समस्या भएको हो । राष्ट्रसङ्घीय एजेन्सीहरुका अनुसार यहाँ प्रतिदिन खाद्यान्नको अभाव हुदै गएको र यहाँ अहिले महिनामा कम्तीमा पनि तीन दिनका लागि कुनै पनि खाद्यान्न नहुने गरेको पाइएको हो । यहाँ केही समयदेखिको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ । यहाँ खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु देखिएका राष्ट्रसंघीय अधिकारीहरुले बताउँदै आएका थिए । युगान्डास्थित राष्ट्रसंघीय अधिकारीहरुले यहाँका बालबालिकमामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको बताएका छन् । यहाँको यो अवस्थाका बारेमा सरकार र राष्ट्रसंघीय अधिकारीहरुले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव हुने र नागरिकहरु कुपोषणको शिकार हुने अवस्था रहेको जनाएका छन् ।–रासस/एएनआई