बारामा धारिलो हतियार प्रयोग गरी पुरुषको हत्या

शुक्रबार, जेठ २७, २०७९

बारा । बारामा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या गरिएको छ ।  बाराको कलैया उपमहानगरपालिका ९ रामपुरका अहमद मिया चुरिहारलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शुक्रबार साँझ प्रहरीले शव बरामद गरेको हो ।
पालिकाको सोही वडामा रहेको भिआइपी इट्टा भट्टामा मियाको शव रगतमय अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले हत्याको अनुसन्धान गरी रहेको बताएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  २१:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार