अवैध हातहतियार बरामद

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं । ओखलढुंगा र जाजरकोटबाट प्रहरीले अवैध हातहतियार बरामद गरेको छ । 

ओखलढुङ्गाको सिद्दिचरण नगरपालिका–६ जन्तरखानी माथिल्लो मैदाने बस्ने ३५ वर्षीय कामे शेर्पालाई एक थान भरुवा बन्दुक सहित बिहीबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र अस्थाई प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । जाजरकोटको छेडागाड नगरपालिका–५ चंखेलास्थित झाडीमा लुकाई राखेको एक नाल भरुवा बन्दुक शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । 

झाडीमा लुकाई राखेको बन्दुक इलाका प्रहरी कार्यालय वडाबनबाट गस्ती गईरहेको प्रहरीले फेला पारी बरामद गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १५:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार