पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुग्यो

बुधबार, जेठ २५, २०७९

पोखरा ।  पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ । साढे १ बजे उक्त जहाज काठमाडौं तर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एअर पोखराले जनाएको छ ।

त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौं पठाइने बताइएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  २१:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार