प्रेस चौतारी ललितपुरद्वारा जनप्रतिनिधि सम्मानित

बुधबार, जेठ २५, २०७९

ललितपुर । प्रेस चौतारी ललितपुरले स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित २३ जनप्रतिनिधिलाई सम्मान गरेको छ । प्रमुख अतिथी एमाले स्थायी कमिटी सदस्य एवं पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले फोटो अंकित शुभकामना र बधाईसहितको फ्रेम प्रदान गरे । ललितपुर जिल्लाका ६ वटा पालिकामा ललितपुर महानगरको उपप्रमुखमा मन्जली शाक्य आस्था, कोन्जोस्योम गाउँपालिका प्रमुखमा कृष्णमान लामा र महालक्ष्मी नगरपालिका प्रमुखमा हरिगोविन्द श्रेष्ठ निर्वाचित भएका थिए ।

जिल्लाका ६ मध्ये ५ वटा पालिकामा मात्र एमालेको प्रतिनिधित्व रहेको छ । वडा अध्यक्षहरुमा ललितपुर महानगरमा ११, महालक्ष्मी नगरपालिकामा ६ तथा गोदावरी नगरपालिका, बागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकामा १–१ जना वडाअध्यक्ष एमालेबाट विजयी भएका छन् । अघिल्लो पटक प्रमुख र उपप्रमुख समेत जितेको महाङ्कालमा यो पटक प्रमुख र उपप्रमुखसँगै कुनै वडा पनि एमालेले जित्न सकेन ।

सम्मानित भएका वडा अध्यक्षहरुमा महानगरको वडा नम्बर ५ का विकासमान श्रेष्ठ, १२ का नारायणमान अवाले, १५ का सुरेश शाही, १७ का विनोद मर्हजन, १८ का दामेदर खड्का र १९ का राजेन्द्र मर्हजन रहेका छन् । यस्तै २२ का सागर तुलाधर, २३ का जीवन मर्हजन, २४ का दिनेशजंग पाण्डे, २५ का दौलतकुमार खत्री र २९ का गणेश मर्हजन रहेका छन् । यसैगरी महालक्ष्मी नगरपालिकाको वडा नम्बर १ का वडाअध्यक्ष छिरिङ लामा, २ का वडा अध्यक्ष ध्रुव खत्री, ३ का वडाअध्यक्ष कुवेर केसी, ४ का वडाअध्यक्ष अमृत खत्री, ८ का वडाअध्यक्ष विश्वराज श्रेष्ठ, र १० का वडा अध्यक्ष विजय लामालाई प्रेस चौतारी ललितपुरले बधाई दिएको छ । 

यसैगरी गोदावरी नगरपालिकाको वडा नम्बर १३ का वडा अध्यक्ष भाष्कर थापा, कोन्ज्योसोम गाउँपालिकाको वडा नम्बर २ का रोहण घलान तथा बाग्मती गाउँपालिकाको वडा नम्बर ७ का होम प्रसाद बजगाइँलाई सम्मान गरिएको छ ।नेकपा एमालेका स्थायी समिती सदस्य कृष्णगोपाल श्रेष्ठले स्थानीय तह निर्वाचनमा पार्टिबाट निर्वाचित जनप्रतिनिधीलाई प्रतिपक्षीको नभई सत्तापक्षकै भूमिकामा उत्रन आग्रह गरेका छन् । धेरै स्थानमा मेयर या प्रमुखमा पराजित भएर उपप्रमुख जितेको र वडा अध्यक्ष हारेर पनि वडा सदस्य जितेको स्थानमा आफूलाई प्रतिपक्षी नठानी शत्ता पक्षकै हैसियतमा उभिन आग्रह गरेका छन्  ।

प्रेस चौतारी ललितपुरको आयोजनामा ललितपुर जिल्लामा निर्वाचित भएका जनप्रतिनिधीलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री समेत रहेका श्रेष्ठले बहुमत सदस्य हुँदैमा आफ्नो पार्टिका सदस्यलाई केही गर्न नसक्ने बताए । बहुमत भएको स्थानमा पनि प्रमुख या उपप्रमुख आफ्नैै पार्टिका रहेको उनले बताए । जनप्रतिनिधीले समयको ख्याल गर्नुपर्नेमा जोड दिँदै उनले ललितपुर महानगरको बजेटमा एमाले देखीनुपर्ने बताए । स्थानीय तहभित्र पार्टिको संसदीय दलजस्तै कार्यपालिको दल गठन गरेर छलफल गर्नुपर्ने उनले जोड दिए  । 

एमाले पोलिट्ब्युरो सदस्य शुशीला नेपालले पार्टिले भरोसा गरेको र जनताको चाहना अनुसार जनप्रतिनिधीले काम गर्न सुझाव दिइन् । चुनावमा भएको हारको विषयमा समिक्षा गर्नुपर्नेमा उनको  भनाइ  छ ।
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एमालेले धेरै स्थानमा चुनाव हारेपनि लोकप्रिय मत पाएको बताए । पार्टिभित्र हार्नुको कारणका विषयमा  छलफल हुने बताए । उनले प्रेस चौतारी ललितपुरले गरेको यो सम्मान निकै उदाहरणीय रहेको भन्दै प्रशंशा  समेत गरे ।

नवनिर्वाचित महानगरकी उपप्रमुख मञ्रजली शाक्य आस्थाले  बहुमत छ भनेर जथाभावी   योजना र काम गर्न  नदिने उनले बताइन् । उनले त्यसका लागि आफूलाई पार्टिको जिल्ला तहबाट साथ र  सहयोग हुनुपर्ने बताएकी छिन् ।  महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले जनहितमा रहेर काम गर्ने दृढता ब्यक्त गरे । उनले आफ्नो नगरमा स्वास्थ्य, पर्यटन र उद्योगको लागि विशेष योजना अघि सार्ने बताए ।

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार