चितवनमा जन्ती बोकेको बस दुर्घटना, १२ जना घाइते

बुधबार, जेठ २५, २०७९

 

चितवन ।   चितवनको रत्ननगरमा बुधबार दसउँसो जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।रत्ननगर नगरपालिका-२ सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना५ख ६४३ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।बसमा ३० जना सवार थिए । दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार