डिशहोममा १ वर्षको रिचार्ज गर्दा ईलामकी राईले जितिन् नगद एक लाख 

बुधबार, जेठ २५, २०७९

काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरूले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।  साथै यो अफरअन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशालीे ग्राहकले लक्की ड्र मार्फत नगद  एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् ।
यसै क्रममा फाकफोकथुम–२ ईलामकी मन्दिरा राईले नगद एक लाख रुपैयाँ जितेकी छन् । कुबेर ईलेक्ट्रोनिक्स पुवाखोला, इलामका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर राईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् । 
डिशहोमकातर्फबाट रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपाने, डिस्ट्रीव्युटर म्यानेजर हेमन्त निरौला र सेल्स अफिसर प्रज्वल अधिकारी इलाममा पुगेर राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरे । विजेता राईलाई हार्दिक वधाई दिँदै सम्पूर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरूले यो योजनामा सहभागिता जनाई लाभ लिने विश्वास कम्पनीले लिएको छ । 
लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एच.डी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसकिनेछ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार