ललितपुर उद्योग वाणिज्य संघले गर्‍यो जनप्रतिनिधिलाई सम्मान 

बुधबार, जेठ २५, २०७९

ललितपुर  । ललितपुर उद्योग वाणिज्य संघले स्थानीय तह निर्वाचन २०७९मा ललितपुर जिल्लाको स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मंजली शाक्य, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, बागमती गाउँपालिकाका विरबहादुर लोप्चान, वडाअध्यक्ष, सदस्यहरु उपस्थित थिए ।  महानगरका प्रमुख चिरीबाबु महर्जनले अत्यधिक मत दिन महानगरको नेतृत्व गर्ने जिम्मेवारी सुम्पेकोमा महानगरवासीलाई धन्यवाद दिए ।

285926711_742590636877720_1335741915639124048_n1654671423.jpgउनले भने, ‘ म तपाईहरुको शिर झुक्ने काम गर्दिन,महानगरको विकासलाई थप उचाईमा पु¥याउँछु ’नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नगरपालिकाहरुलाई नीजि संस्थासँग सहकार्य गरेर काम गर्न अनुरोध गरे । नीजि क्षेत्रको नाफा कमाउने सोचलाई सकारात्मक रुपमा हेर्नुपर्ने बताउँदै नीजि क्षेत्रसँगको सहकार्यले मात्रै समृद्धि ल्याउने बताए । उनले भने, ‘नीजि क्षेत्रसँग सहकार्य गर्न खुट्टा कमाउनु हुँदैन, स्थानीय सरकारले नीजित क्षेत्रलाई लगानीका लागि आव्हान गर्नुपर्छ । ’कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज न्याछ्योले संघले कृषिलाई प्राथमिकता दिएर कार्ययोजना अनुसार काम गरेको बताए ।

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार