पिइएले १ हजार १ विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने 

मंगलबार, जेठ २४, २०७९
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । इन्जिनियरिङ् अध्ययनका लागि गुणस्तरीय प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गरिरहेको पिइए एसोसिएसनले २९ औं वर्ष प्रवेशको सन्दर्भ पारे तयारी कक्षामा भर्ना भएका एक हजार एकजना विद्यार्थीलाई शिक्षण शुल्कमा पूर्ण छात्रवृत्ति उपलव्ध गराउने घोषणा गरेको छ । पिइएको यो घोषणा गरिब तथा जेहेन्दार विद्यार्थीलाई इन्जिनियरिङ्ग शिक्षामा पहुँच पु¥याउन गरिएको पिइएका संस्थापक एवं सिइओ ई लक्ष्मण पोखरेलले बताए । यो घोषणबाट लाभ पाउने विद्यार्थीको काठमाडौंको बसाईमा हुने कोठा–होस्टल खर्च बच्ने पिइएको बुझाइ छ । 
२८ वर्ष अघि इन्जिनियरिङ्ग प्रवेश परीक्षाको गुणस्तरीय तयारीको साँचबाट अभिप्रेरित भई केही शिक्षक र विद्यार्थीबाट सुरु भएको यो संस्था आज काठमाण्डौं थापाथलीस्थित आफ्नै सुविधा सम्पन्न भवन, सयांै अनुभवी एवम् दक्ष शिक्षक, प्राध्यापक र हरेक वर्ष हजारौ विद्यार्थीहरुका साथ अगाडि बढिरहेको जानकारी गराउन पाउँदा गौरव अनुभूति भइरहेको उनले बताए । 
‘२८ वर्षे यो अवधिमा पिइएबाट प्रत्यक्ष एक लाख पचास हजार विद्यार्थीहरुले प्रवेश परीक्षाको तयारी गरिसकेका छन् भने भण्डै पचास हजार इन्जिनियर उत्पादित भइसकेका छन्, परोक्ष लाभ लिनेको संख्या अझ बढि छदैछ । वि।इ। र वि । आर्कको तयारीमा मात्र सिमित नरही विज्ञान प्रविधि र गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षामा पिइएले आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको’, पोखरेलले बताए ।  
‘स्वदेशी विश्वविद्यालयहरुद्वारा इन्जिनियरिङ्ग र विज्ञान प्रविधि संकाय अन्तर्गतका विभिन्न विषयहरुको स्नातक, स्नातकोत्तर तह र विभिन्न दूतावासहरुद्वारा लिइने छात्रवृत्तिका लागि तयारी कक्षाहरु सञ्चालन गर्ने, गुणस्तरीय पाठ्यसामग्री उत्पादन गर्ने र स्तरीय नमुना परीक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई प्रवेश परीक्षाको पूर्ण तयारी गराई उनीहरुमा आत्मविश्वास जागृत गर्ने काम पिइएबाट अविछिन्न रुपमा भइरहेको छ । यसप्रति अभिभावक र विद्यार्थीहरुको जुन अपार विश्वास र भरोसा सन्निहित छ, हामी धेरै उत्साहित र आभारी छौं’, उनले भने । 
पिइएले सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरबाट इन्जिनियरिङ्गको लागि विभिन्न विश्वविद्यालयको प्रवेशको लागि यस पटक इन्ट्रान्स दिने विद्यार्थीहरूलाई ब्राण्ड एम्बास्डर घोषणा गरेको छ । 
कोभिड महामारीका बेला पिइएलाई डिजिटल सिस्टममा जोडेर घरघरबाट कक्षा लिन सक्ने व्यवस्था गरेका थियाँ भने अहिले पनि भर्चुअल माध्यमबाट कक्षा लिन चाहने विद्यार्थीहरुको लागि तथा काठमाडौं बाहिर भएका विद्यार्थीहरुले घरमा बसेर नै आफ्नो तयारीलाई निरन्तरता दिन सक्ने अवस्था बनाएको छ । 
सूचना प्रविधिको युगलाई हृदयङ्गम गरी विद्यार्थीहरुको सिकाईमा सहजता र प्रभावकारीता ल्याउन पिइएले यसै वर्षदेखि पिइए (मेन्टर्स डिजिटल लर्निङ्ग प्लेटफर्म मार्फत इञ्जिनियरिङ्ग प्रवेश परीक्षाको पूर्ण तयारी कोर्ष उपलब्ध गराउने पनि घोषणा गरेका छन् । 
यो कोर्षले दुर–दराजमा रहने, विविध कारणले राजधानी आउन नसक्ने र काठमाडौँ मै रहेर पनि विभिन्न भौतिक तथा अनलाइन कोर्षमा आवद्ध हुने विद्याथीहरुलाई समेत अध्ययन तथा परीक्षा तयारीमा सहजता हुनेछ पोखरेलले बताए । 
इन्जिनियरिङ्ग अध्ययन गर्नकै लागि ठूलो धनराशी खर्च गरेर विदेशीनु पर्दैन भन्ने कुरा आम अभिभावक÷विद्यार्थीहरुलाई बोध गराउँदै हरेक वर्ष इन्जिनियरिङ्ग इन्ट्रान्समा झण्डै शतप्रतिशत नजिता निकाल्न सफल पिइएले आगामी दिनमा समेत सर्वाेत्कृष्ठ नतिजा ल्याई इन्जिनियर बन्ने सपनालाई साकार पार्नका लागि गुणस्तरीय शिक्षा दिने कुरामा पूर्ण कृतसंकल्पित रहँदै आगामी दिनमा यहाँहरुको अmभ सक्रिय सहभागिता र रचनात्मक पृष्ठपोषणको अपेक्षा राख्दछौं पिइएले भनेको छ ।
छात्रवृत्ति घोषण कार्यक्रममा एनप्याब्सनका उपाध्यक्ष सुवास न्यौपानेले छात्रवृत्तिमा विद्यार्थी छनोट गर्दा दुर्गम क्षेत्रलाई प्राथमिकता दिनु सुझाव दिए । 
कार्यक्रममा प्याब्सनका अध्यक्ष डिके ढुंगानाले नेपाललाई शैक्षिक पर्यटनको हब बनाउन शैक्षिक रुपान्तरण जरुरी भएको बताए । 
कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधार, अभिभावक  महासंघका अध्यक्ष सुप्रभात भण्डारीले छात्रवृत्ति छनोटका आधार बनाएर पारदर्शी तवरले विद्यार्थी छनोट गर्न सुझाव दिए । 
   

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  २०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार