सोसल मिडिया
Contact Us
युनिकोड
बाँके । बाघको आक्रमण रोक्न उचित कदम नचलालिएको भन्दै आन्दोलनरत स्थानीयवासी र प्रहरीबीच सोमबार झडप हुँदा एक जनाको मृत्यु भएको विषय छानबिन गर्न सर्वपक्षीय समिति गठन गर्ने सहमति भएको छ । प्रहरी र स्थानीयवासीबीच झडप हुँदा प्रहरीको गोली लागेर बर्दिया मधुवन–२ को १९ वर्षीया नवीना थारुको मृत्यु भएको थियो । नवीनाको मृत्यु भएपछि स्थानीयवासी झनै आक्रोशित भएका छन् । बर्दियाको ओराली क्षेत्र तानवग्रस्त भएको छ । आज पनि गुलरिया राजापुर सडक पूर्णरुपमा अवरुद्ध छ । स्थानीयवासीले ननराजुलुस गरिरहेका छन् । बाटो खुलाउन स्थानीयसँग सम्झौताको प्रयास भइरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्दु बास्तोलाले जानकारी दिनुभयो । जनप्रतिनिधिसहित विभिन्न दलका प्रतिनिधिको बैठक बसेर पीडित पक्षसँग सहमति गर्ने र शव बुझाउने प्रयास भइरहेको छ । बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुसार सर्वदलीय बैठक बसेर छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्ने निर्णय भएको छ ।