सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा अर्ध गाडिएको अवस्थामा मृत फेला परेकी छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–५ मेकबेतनी बस्ने धनबिर बिकको छोरी ७ वर्षीया गृष्मा बिक घर नजिकैको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् । शनिबार भोजमा गएर फर्केकी हजुरआमा घरमा आउँदा नातिनी नदेखेपछि खोजी सुरु गरिएको थियो । खोजी गर्ने क्रममा खाल्डोमा अर्ध गाडिएको र निधारमा चोट लागेको अवस्थामा उनको शव फेला परेको हो । घटनाको आवश्यक अनुसन्धान एवम् सोधपुछका लागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तीन जना मृत अवस्थामा फेला
काठमाडौं, ललितपुर र डोल्पामा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका–४ सुकेधारा धोवीखोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–२२ फर्सिडोलस्थित बागमती खोला किनारमा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । डोल्पाको जगदुल्ला गाउँपालिका–२ स्थित नेपाल खाद्य संस्थानको भवनको खुल्ला ग्यालरीमा बिपिन भन्ने हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।