सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । गोदावरी नगरपालिकाले भोलिदेखि चापागाउँमा सडक निर्माणको काम थाल्ने भएको छ । नगरपालिकाले वडा नं ११ को ज्योतिविहार–चापागाउँ बजार–पाउली उकालोसम्मको बाटो अहिलेकै अवस्थामा निर्माण गर्न लागेको हो । गोदाबरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले यो क्षेत्रको सडक जीर्ण भएकाले निर्माण गर्न लागिएको शब्दपाटीलाई बताए ।
प्रमुख महर्जनले मंगलबार नै सूचना जारी गर्दै भनेका छन्, ‘गोदावरी नगरपालिका वडा नं ११ चापागाउँस्थित ज्योतिविहार–चापागाउँ बजार–पाउली उकालोसम्म मिति २०७९–०२–२५ गतेदेखि सडक निर्माण कार्य सञ्चालन हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सम्पूर्ण नगरवासीहरुमा हार्दिक अनुरोध गर्दछु ।’ प्रमुख महर्जनले सडक निर्माण अवधिभर खाद्यान्न, मालवाहक सवारी साधानहरु छम्पी–टिका भैरव बाटो, निर्माण सामाग्री बोक्ने मालवाहक सवारी साधानहरु नख्खु खोला बाटो तथा साना सवारी साधानहरुका लागि पनि सबै वैकल्पिक बाटो प्रयोग गर्न पनि नगरवासीमा अनुरोध गरेका छन् ।