भोलिबाट काठमाडौंको फोहर उठाउने सहमति

सोमबार, जेठ २३, २०७९

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर भोलिबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो ।
सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।

सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोरतपक्षले फोहर बिसर्जन गर्न दिने भएको हो ।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  २१:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार