तालमा डुबेर मृत्यु

सोमबार, जेठ २३, २०७९

कैलाली । कैलालीको टिकापुरमा तालमा डुबेर आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–८ सूर्यपुरका ६५ वर्षीय गोपाल साउद रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार साउदको नुहाउने क्रममा तालमा डुबेर मृत्यु भएको हो । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  २१:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार