सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

सोमबार, जेठ २३, २०७९

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख सापकोटाले बिहान साढे १० बजे बस्नेगरी प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको ११औं अधिवेशनको १७औं बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार