लोहोरो प्रहार गरी श्रीमानको हत्या

सोमबार, जेठ २३, २०७९

तुलसीपुर  ।  दाङमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका–१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ । 

आज बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । हत्याको आरोेपमा प्रहरीले गायत्रीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । श्रीमान्ले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा यस्तो घटना भएको श्रीमतीले प्रहरीसमक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए  । 
 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार