काठमाडौंका सडकमा थुप्रिएको फोहोरमा केमिकल छरेर दुर्गन्ध हटाउन थालियो

सोमबार, जेठ २३, २०७९

काठमाडौं । उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ । काठमाडौंका विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्नक थालिएको हो । सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको थियो । काठमाडौंको फोहोर फाल्ने सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । 
सिसडोलबासीले भने राज्यले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौंको फोहोर फाल्न अवरोध गर्दै आएका छन् । उनीहरूसँग छलफल गर्न काठमाडौं महानगरपालिका मेयर बालेन साह सिसडोल नै पुगेका थिए । छलफलका क्रममा मेयर साहले तत्कालका लागि केमिकल प्रयोग गरेर फोहोरको दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार