पत्रकार किशोर नेपाललाई कारबाहीको माग गर्दै उजुरी

सोमबार, जेठ २३, २०७९

काठमाडौं । पत्रकार किशोर नेपाल र उकेरा डटकमलाई कारबाहीको मागसहित प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघमा उजुरी परेको छ । बाराका विनय यादवले गत शनिबार (२१ जेठ) मा उकेरा डटकममा किशोर नेपालको बाइलाइनमा ‘बालेन साहेबको दौडधुप’ शिर्षकमा प्रकाशित लेख हिन्दु धर्मावलम्बीहरूको आराध्य देव श्री कृष्ण र सम्पूर्ण यदवंशी समाज अर्थात यादव’ समाजको अपमान गरिएको भन्दै उनीहरूलाई कारबाहीको माग राखेर काउन्सिल र महासंघमा उजुरी दर्ता गराएका हुन् । 

सोमबार दर्ता भएको उजुरीमा पत्रकार नेपाल यसअघि समेत काठमाडौंको मेयर बालेन्द्र साहलाई विभिन्न अन्तर्वार्तामा जातीसूचक शब्द प्रयोग गरी अपमान गरेको उल्लेख गरिएको छ । ‘पत्रकार नेपाल र उकेरालाई पत्रकारिताको न्यूनतम मर्यादासमेत नराख्दै विभिन्न जातजातीलाई होच्याउने कार्य गरेकोले यथासक्य शीघ्र कारवाही गर्न आग्रह गर्दछु’, यादवले आफ्नो उजुरीमा उल्लेख गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार