भरतपुरमा कटुवा पेस्तोलसहित एक जना पक्राउ

सोमबार, जेठ २३, २०७९

चितवन  । भरतपुर महानगरपालिका–५ श्रृष्टि चोकबाट एक थान कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा सोही महानगरपालिका–६ बस्ने ४० वर्षीय दिपक पुन छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । ना.४५ प २७१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पुनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो  । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार