पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

सोमबार, जेठ २३, २०७९
Global Ime Bank

 काठमाडौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ को खेलमा विजयी सुरुवात गरेको छ । आईतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्विजरल्यान्डमाथि ४ ० को सहज जित निकाल्यो । पोर्चुगलको जितमा स्टार फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरे । जितसँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ । यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्रो तथा स्वीटजरल्यान्ड  बिनाअंक पुछारमा छ । 

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार