इटाली र जर्मनले अंक बाँडे

आइतबार, जेठ २२, २०७९
Global Ime Bank

काठमाडौं । युरो २०२२ च्याम्पियन इटाली र जर्मनीले यूइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार राति इटालीको बोलोग्नामा भएको खेलमा घरेलु टोलीका लागि ७० औँ मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गरे । जर्मनीका योसुवा किम्मिखले ७३ औँ मिनेटमा बराबरी गोल फर्काए । बराबरीसँगै दुवै टोलीले समूहमा समान एक अंक जोडेका छन् । यस समूहमा हंगेरी ३ अंक जोडेर शीर्षस्थानमा छ । इंग्ल्यान्ड पुछारमा छ ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार