इंग्ल्यान्ड हंगेरीसँग पराजित

आइतबार, जेठ २२, २०७९
Global Ime Bank

काठमाडौं । हंगेरीलाई १-० को नतिजा सुम्पिदै यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इंग्ल्यान्डले हार व्यहोरेको छ । शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ए३ को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ । हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले  पेनाल्टीमा निर्णायक गोल गरे । जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित इग्ल्यान्ड पुछारमा छ ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार