संसदमा विनियोजन विधेयक पेस

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं  ।  प्रतिनिधिसभामा विनियोजना विधेयक २०७९ पेस गरिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९ पेस गरेका हुन् ।  यसअघिशुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।  गत आइतबार (१५ जेठ)मा अर्थमन्त्री शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को १७ खर्ब ९३ अर्ब र ८३ करोडको बजेट प्रस्तुत गरेका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार