संघ, प्रदेश र स्थानीय तहबीच अन्तर कर्मचारी प्रथम फुटसल टुर्नामेन्ट हुने

शुक्रबार, जेठ २०, २०७९
Global Ime Bank

 

लमजुङ  । लमजुङका संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरु एक आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् ।  सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल –सिडेनले अन्तर कर्मचारी फुटसल खेलको आयोजना गरी  तीनै तहका कर्मचारीहरुलाई आम्नेसाम्ने हुने वतावरण मिलाएको हो । यही २१ जेठमा बेसीशहरस्थित फुटसलमा कार्यक्रमको आयोजना गरी  तीनै तहका कर्मचारीहरुप्रति मैत्रिपूर्ण भावनाको विकास गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल –सिडेनका कार्यक्रम संयोजक अच्यूत न्यौपानेले बताए ।  

प्रतियोगिताको विजेताले खसी मेडल, कप र प्रमाणपत्र पाउनेछ भने दोश्रो हुनेले बोका मेडल र प्रमाण पत्र हात पार्ने आयोजकले जनाएको छ  । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद एक हजारको साथमा प्रमाणपत्र र सर्वाधिक गोलकर्तालाई नगद एक हजारका साथ प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुशासित टिमलाई नगद ३ हजारका साथमा सम्मानपत्र दिइने आयोजकले जनाएको छ ।  

 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार