आज समाप्त हुँदै ‘सी’ डिभिजन लिग

शुक्रबार, जेठ २०, २०७९
Global Ime Bank

काठमाडौं  । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सहिद स्मारक ‘सी’ डिभिजन लिग आज शुक्रबार समापन हुँदैछ ।  लिगको ९१औं खेलमा झापा फुटबल क्लब र स्वयम्भू क्लबबीचको प्रतिस्पर्धासँगै यस सिजन २०७८/७९ लिग समाप्त हुनेछ । ३१ अंक साथ लिगको शीर्षस्थानमा रहँदै झापा दोस्रो डिभिजनमा बढुवा भइसकेको छ । यस्तै एक खेल बाँकी रहँदै पुछारमा रहेर विरगंज युथ एकेडेमी र ओसिस क्लब रेलिगेशनमा परेका छन् । शीर्ष दुईमा रहेर सहिद स्मारक ‘बी’ डिभिजनमा लिगमा बढुवा हुने टोलीको भने अन्तिम दिन नै टुंगो लाग्नेछ । जसको लागि दोस्रो स्थानको प्लानिङ व्बाइज युनाईटेड र तेस्रो स्थानको आरसी ३२ फुटबल एकेडेमीलाई अवसर छ । दुबैको समान २८ अंक छ । 

आजको खेलमा प्लानिङ ब्वाइजले जित निकाले स्वतः बढुवा हुनेछ । यदि प्लानिङ बराबरीमा रोकिए या हार बेहोरेमा आरसी ३२ लाई माथिल्लो डिभिजनमा उक्लने अवसर रहने छ । तर त्यसका लागि आरसी ३२ ले अनिवार्य जित्नुपर्नेछ । आरसी ३२ र स्पोर्टस् एकेडेमी साँगाबीचको खेल साठे १२ बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ । ओसिस र प्लानिङ सोहि समयमा सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछन् । झापा र स्वयम्भूबीचको खेल साठे ३ बजे एन्फा कम्प्लेक्समै हुनेछ । यस पछि पुरस्कार वितरण समारोह रहनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार