सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरमा प्राकृतिक उपचार केन्द्र सञ्चालन भएको छ । मर्स्याङदी–४ ताघ्रिङका सुमन गुरुङले बेसीशहर–८ स्थित सेराकुनामा प्राकृतिक योग तथा रेकी उपाचार केन्द्र संचालन गरेका हुन् ।रेकी उपचारको मद्दतले तनाव कम गर्नुका साथै शरीर शान्त पार्न सकिने उपचार केन्द्र सञ्चालक सुमन गुरुङले बताए । विशेष गरी डिप्रेशन, माइग्रेसन तथा शारिरिक समस्या भएका व्यक्तिको रेकी पद्दतीबाट उपचार गरिने गुरुङको भनाइ छ ।
सो बाहेक धुम्रपान, मध्यपान एवं विभिन्न कुलतबाट छुटकारा पाउन, डर, चिन्ता, तनावबाट मुक्त भई सकरात्मक सोचको विकास गर्न, आत्मबल बढाउन, शारिरिक तौल घटाउन रेकी अभ्यास गरिने सञ्चालक गुरुङले बताए । बालबालिकालाई मोबाइलको लतबाट छुटकारा दिलाउन पनि रेकी पद्दती उत्तम हुने गुरुङको भनाइ छ । प्राकृतिक उपचार तथा रेकी एक जापानी पद्दती हो । रेकी विशेषज्ञका अनुसार यस प्रक्रियाबाट विशेष उर्जा शरीरभित्र संचार गराउन सकिन्छ । यसले शारीरिक, मानसिक, भावनात्मक एवं आध्यात्मिक रुपमा शान्त र आनन्दित तुल्याउँछ । चिन्ता, तनाव, डिप्रेसन नियन्त्रण गर्न सहयोग गर्छ । यसैगरी हृदय रोग, बाँझोपन, क्रोन रोग आदिमा समेत रेकी लाभदायक हुने विशेषज्ञको भनाइ छ ।बेसीशहरमा सञ्चालित सो प्राकृतिक उपचार केन्द्रमा प्रत्येक बिहान समूहगत रुपमा उपचार गरीने सञ्चालकले बताएका छन् ।