सोसल मिडिया
Contact Us
युनिकोड
हुम्ला । सिमकोट गाउँपालिकामा तीन महिने सिलाइकटाई तालिम सुरु भएको छ । सहारा समूहको आयोजनामा सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा विपन्न महिला र फरक क्षमताका व्यक्तिका लागि सिलाई कटाई तालिम सुरु भएको हो ।तालिमको प्रमुख जिल्ला अधिकारी सिता परियार र जिल्ला समन्वय समिति हुम्लाका समन्वय प्रमुख दान बहादुर रावतले तालिमको उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै रावतले प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको बताएका थिए ।प्रमुख जिल्ला अधिकारी नेपालीले सीपले मानिसलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने भएकाले राम्रोसँग बुझेर सिलाइकटाएको तालिम लिन आग्रह गरिन् ।