राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा माधव खत्री

बिहीबार, जेठ १९, २०७९

हेटौंडा  ।  राप्रपा नेपालको बागमती प्रदेशमा अध्यक्षमा माधव खत्री नियुक्त भएका छन् । हेटौँडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएकाे हाे ।पार्टी अध्यक्ष कमल थापाले खत्रीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएका हुन् । प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको संगठन बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार