ललितपुर महानगरको प्रत्येक वडामा अब सार्वजनिक शौचालय

एक वडा एक शौचालय
बुधबार, जेठ १८, २०७९

ललितपुर  । ललितपुर महानगरले अब प्रत्येक वडामा सार्वजनिक शौचालय बनाउने भएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरले आयोजित सार्वजनिक कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले भने, ‘प्रत्येक वडा बजेटको योजना ल्याउँदा सार्वजनिक शौचालय निर्माणको योजना समावेश गरेर ल्याउनुहोस्, वडैपिच्छे एउटा सार्वजनिक शौचालय बनाऔँ । ’ अन्तर्राष्ट्रिय मान्यता अनुसार एक किलोमिटरको दुरीमा एउटा सार्वजनिक शौचालय अनिवार्य हुनुपर्छ । यसैगरी उनले वडामा रहेका पर्ति जग्गामा पार्क निर्माण गर्न समेत उनले निर्देशन दिए । २९ वटा वडा रहेका ललितपुर महानगरको चक्रपथ भित्रका वडामा न्यून संख्यामा सार्वजनिक शौचालय छन् । नवनिर्वाचित प्रमुख महर्जनले स्थानीय तहले ठूलो काम गर्नु नपर्ने बताउँदै नगरवासीको दैनिकी सुरक्षित र सजिलो बनाउने काम गर्नुपर्ने बताए । बस्नयोग्य सहर निर्माणका लागि सार्वजनिक शौचालय, पार्क , वातावरण संरक्षण महत्वपूर्ण तत्व भएको उनले  प्रष्ट पारे ।
 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार