धुलिखेलमा राप्रपा कार्यसम्पादन समितिको बैठक जारी  

बुधबार, जेठ १८, २०७९

काभ्रे । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । काभ्रेको धुलिखेलस्थित मिराबल रिसोर्टमा बुधबारबाट सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल भइरहेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो ।बैठकमा अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ नेताहरू सहभागी छन् । बैठक बिहीबारसम्म चल्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार