कामना सम्मिलित माल्दिभ्स पुलिसको तेस्रो जित

बुधबार, जेठ १८, २०७९
Global Ime Bank

काठमाडौं, १८ जेठ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी ओपन स्पाइकर कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले भलिबल एसोसियसन कप २०२२ मा लगातार तेस्रो जित निकालेको छ । मंगलबार राति माल्दिभ्सको राजधानी मालेमा भएको खेलमा पुलिसले क्लब हाफलाइन लिंकेजमाथि २५-८, २५-३, २५-५ को सोझो सेटमा जित निकाल्यो । टिमको जितमा महत्वपूर्ण भूमिका खेलेकी कामना खेलको ‘क्वीन अफ दी म्याच’ चुनिइन् । कामनाको टिम माल्दिभ्स पुलिसले अब शनिबार भलिबल युथ न्यु जेनेरेसनसँग खेल्ने तालिका छ ।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार