चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु 

बुधबार, जेठ १८, २०७९

चितवन, १८ जेठ ।  चितवनको ईच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा आज बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५  वर्षीय पुरूष रहेका छन् ।  मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन् ।  नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो । दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजिकार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार