हत्यामा संलग्न रही फरार रहेका थप एक जना कलंकीबाट पक्राउ 

मंगलबार, जेठ १७, २०७९

काठमाडौं, १७ जेठ ।सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ बराम्चे घर भएका ३५ वर्षीय कान्छा लामा तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–६ फापरबारी ठूलो कायर ठेगाना भएका ४१वर्षीय दिपक लामा वाईबा रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।  

दक्षिणकाली नगरपालिका–१ पावर हाउस नजिक बाग्मती नदी किनारमा जेठ ५ गते कान्छा लामाको शव फेला परेको थियो । अनुसन्धानको क्रममा कान्छा लामा तामाङको हत्या भएको घटनामा संलग्न २ जनालाई जेठ ६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिहरुको बयानको क्रममा दिपक लामा वाईबा पनि घटनामा संलग्न रहेको खुल्न आएपछि उक्त कार्यालयबाट खटिएको प्रहरीले उनलाई समेत काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार