फ्रेन्च ओपनः किलिजसँग पराजित हुँदै मेडभेदेव बाहिरिए

मंगलबार, जेठ १७, २०७९
Global Ime Bank

काठमाडौं, १७ जेठ । विश्व वरीयताको दोस्रो स्थानमा रहेका डानिल मेडभेदेभ फ्रेन्च ओपनबाट बाहिरिएका छन् । रसियन २६ वर्षीय खेलाडी मेडभेदेभ क्रोयसियन खेलाडी मारिन किलिजसँग सोझो सेटमा पराजित हुँदै फ्रेन्च ओपनबाट बाहिरिएका हुन् ।वर्षको दोस्रो ग्रान्डस्लाममा ३३ वर्षीय किलिजले मेड्भेडेभलाई ६–२ ६–३ ६–२ को सेटमा हराए । मेड्भेडेभ र किलिजबीचको खेल एक घन्टा ४५ मिनेटमा सकिएको थियो । किलिजले अब फ्रेन्च ओपनको क्वार्टरफाइनलमा बुधबार वरीयताको पाँचौं स्थानका एन्ड्री रुभलेकसँग खेल्नेछन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार