स्कटल्यान्डमा हुने त्रिकोणात्मक शृंखलाको तालिका सार्वजनिक

मंगलबार, जेठ १७, २०७९
Global Ime Bank

काठमाडौं, १७ जेठ  । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा हुने तय भएको त्रिकोणात्मक एकदिवसीय शृ‌खलाको खेल तालिका सार्वजनिक भएको छ । आईसीसीले नेपाल, स्कटल्यान्ड र नामिबियाबीच हुने त्रिकोणात्मक शृंखला जुलाईमा गर्ने पक्का गरेको हो । तालिकाअनुसार नेपालले पहिलो खेल ११ जुलाईमा नामिबियासँग खेल्नेछ । दोस्रो खेल स्कटल्यान्डविरुद्ध १३ जुलाईमा हुनेछ । 

यस्तै तेस्रो खेल १६ जुलाईमा  नामिबियाविरुद्ध खेल्दा १७ जुलाईमा स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ । हाल नेपाली टिम लिग २ अन्तर्गत शृंखलाको लाग अमेरिका भ्रमणमा छ । जहाँ नेपालले आयोजक अमेरिकासँगै ओमानसँग खेल्नेछ । लिग टु को अंक तालिकामा १२ खेल खेलेको नेपाल छैटौं स्थानमा छ । नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।  
 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार