उषा सम्मिलित सिफाइन्जको दोस्रो हार

मंगलबार, जेठ १७, २०७९
Global Ime Bank

काठमाडौं, १७ जेठ  ।  नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्ज क्लबले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार राति माल्दिभ्समा जारी भलिबल एसोसियसन कप २०२२ मा लगातार दोस्रो हार व्यहोर्ने क्रममा सिफाइन्ज युथ न्यु जेनेरेकनसँग सोझो सेटमा पराजित भयो । उषाले व्यक्तिगत औषत प्रदर्शन गरेपनि टोली २५-१९, २५-१४, २५-१३ सेटमा पराजित भयो ।

प्रतियोगितामा सिफाइन्जको लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा क्लब हाफलाइन लिङ्केजलाई सोझो सेटमा हराएको थियो ।  दोस्रो खेलमा भने सिफाइन्ज अर्की नेपाली ओपनर कामना विष्टको टिम माल्दिभ्स पुलिससँग सोझो सेटमा हारेको थियो ।सिफाइन्जले अब चौथो खेलमा शुक्रबार क्लब इगल्ससँग खेल्नेछ । 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार