पोखरामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

मंगलबार, जेठ १७, २०७९

कास्की, १७ जेठ ।  पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गास्थित जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ बस्ने स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका २४ वर्षीय दिपक गुरूङ लगायत छन् । उनीहरुलाई सोमबार राती पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।    
 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार