नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधिबीच स्वागत तथा बिदाइ 

सोमबार, जेठ १६, २०७९

खोटाङ, १६ जेठ । खोटाङको केपिलासढी गाउँपालिकाका नयाँ जनप्रतिनिधि र पुरानो जनप्रतिनिधिबीच आपसमा स्वागत तथा बिदाइ कार्यक्रम भएको छ । सोमबार औपचारिक कार्यक्रमकाबीच निवर्तमान जनप्रतिनिधिले नवनिर्वाचित जनप्रतिनिधिको स्वागत गरेका छन् भने नवनिर्वाचित जनप्रतिनिधिले पुरानो जनप्रतिनिधिलाई सम्मान सहित बिदाइ गरेका छन् । 

निवर्तमान गाउँपालिका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हिरादेबी वन लगायतले नवनिर्वाचित अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, वडाध्यक्ष र वडासदस्यलाई स्वागत गरेका छन् । यस्तै, नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष लगायतले निवर्तमान अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई दोसल्ला ओढाएर सम्मान–पत्र सहित बिदाइ गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये केपिलासगढीमा निवर्तमान र नवनिर्वाचित जनप्रतिनिधिबीच हार्दिकतापुर्ण स्वागत तथा बिदाइ भएको हो । सोही कार्यक्रममा निर्वाचन अधिकृत राजकुमार राईलाई पनि बिदाइ गरिएको छ । निर्वाचन अधिकृत राईले गाउँपालिका अध्यक्षलाई निर्वाचन प्रतिबेदन हस्तान्तरण गरेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार