२१ शव भेटियो, १० वटा नेपाली सेनाले काठमाडौं लग्यो

सोमबार, जेठ १६, २०७९

पोखरा, १६ जेठ । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका २२ मध्ये २१ शव फेला परेको छ । अझै एउटा शव फेला पर्न नसकेको उद्धार टोलीले जनाएको छ ।नेपाली सेनाको हेलिकोप्टरले १० वटा शव काठमाडौं लगिसकेको छ । ११ शव अझै पनि घटनास्थलमा रहेको छ ।खराब मौसमका कारण हेलिकोप्टर झर्न नसकेकाले संकलन गरिएका शव काठमाडौं लान नसकेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार