निर्वाचनकाे समीक्षा गर्दै सत्ता गठबन्धन 

सोमबार, जेठ १६, २०७९

काठमाडौं, १६ जेठ । सत्ता गठबन्धनको बैठक आज ३ दिउँसो ३ बजेपछि बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । ३० वैशाखमा भएको निर्वाचन परिणाम २ स्थानीय तहबाहेकका आइसकेपछि गठबन्धनको बैठक बस्ने भएको हो ।  गठबन्धन दलहरूबीच निर्वाचनमा भएकोतालमेललाई लिएर गठबन्धनकै केही दल असन्तुष्ट छन् । जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र जनमोर्चा असन्तुष्ट रहेका हुन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार