सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर १५ जेठ । ललितपुर वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले संस्कृतिको अध्ययन कार्यलाई प्राथमिकता दिन आग्रह गरेका छन् । निर्वाचित भएपछि आफूलाई भेट्न आएकी ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य ९आस्था० लाई शुभकामना दिँदै उनले त्यस्तो आग्रह गरेका हुन् । महानगरले संस्कृति संरक्षणको विषयमा अध्ययन गर्न चाहने युवालाई प्रोत्साहित गर्नुपर्ने बताए । वरिष्ठ संस्कृतिविद् जोशीले भने, ‘ अमूर्त संस्कृतिको संरक्षणको लागि यो अध्ययनको महत्व हुन्छ, त्यसले सिर्जनशीलता बढाउँछ ,अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइयोस् ।’ कार्तिक नाचको मुख्य र नरसिंह नाच विश्वकै एउटा दुर्लभ वियोगान्त नाटकमा आधारित रहेको बताउँदै उहाँले भनिन्, ‘यी नाचको उचित प्रचारप्रसार गर्नुपर्छ ।’
उक्त भेटमा उपप्रमुख शाक्यले शाक्यले ललितपुरको संस्कृति, सम्पदा संरक्षण र प्रर्वद्धन गर्न आफूले सशक्त र नतिजामुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।जोशीसँगको भेटपछि उपप्रमुख शाक्यले ललितपुरका पूर्व मेयर बुद्धिराज बज्राचार्य, नेपालका अग्रणी वामपन्थी महिला नेतृ स्नेहलता श्रेष्ठसँग भेटेकी थिइन् ।