ज्यापु समाज ललितपुरले गर्‍यो जनप्रतिनिधिलाई सम्मान

नवनिर्वाचित जनप्रतिनिधिले भने, 'पार्टी भन्दा माथि उठेर काम गर्छौं'
आइतबार, जेठ १५, २०७९

 ललितपुर  १५ जेठ । ज्यापु समाज ललितपुरले ललितपुर जिल्लाका ६ वटा पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । ज्यापु समाज ललितपुरका अध्यक्ष तीर्थ डंगोललगायतका अन्य पदाधिकारीले नगरपालिकाकाका मेयर-उपमेयर गाउँपालिकाका अध्यक्ष-उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यहरुलाई खादा, टिका लगाएर सम्मान गरेका थिए । ललितपुर जिल्लामा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका, माहंकाल गाउँपालिका र कोन्ञ्जोसोम गाउँपालिका रहेका छन् । कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मंजली शाक्यले कोन्ञ्जोसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले राजनीतिक दलभन्दा माथि उठेर जनतालाई केन्द्रमा राखेर काम गर्ने बताए  

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  २१:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार