१०  वर्षपछि बिजुलीको रेल आवश्यक पर्दैन : माधव नेपाल

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं, १३ जेठ । नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले १० वर्षपछि देशमा बिजुली रेल आवश्यक नपर्ने बताएका छन् ।सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदै उनले अहिले आवश्यक पर्ने देखिए पनि १० वर्षपछि बिजुली रेल आवश्यक नपर्ने र राज्यले पनि थेग्न नसक्ने बताए । 

दीर्घकालीन र प्राथमिकताका आधारमा योजना निर्माण गर्नुपर्ने बताउँदै उनले पूर्व–पश्चिम राजमार्गमा रेलमा चलाउन सकिने बताए । आरोप–प्रत्यारोपले देश नचल्ने भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले देश विकास र समृद्धि गर्न कहाँ कहाँ चुकियो, यसलाई पहिल्याएर अगाडि बढ्नुपर्ने बताए । दीर्घकालीन सोच राखेर अघि बढ्नुपर्ने बताउँदै उनले कृषिलाई अर्थतन्त्रको आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार