तिलोत्तमा नगरपालिकामा कांग्रेसका खाण विजयी

शुक्रबार, जेठ १३, २०७९

लुम्बिनी, १३ जेठ । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत रुपन्देहीका सबै पालिकाको मतगणना सम्पन्न भएको छ । जिल्लाका १६ पालिकामध्ये पछिल्लोपटक आज सार्वजनिक भएको मतगणना परिणामअनुसार तिलोत्तमा नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन । उनले २४ हजार ३९६ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले का मोहन चापागाईँले २३ हजार ६३१ मत प्राप्त गरेका छन । यस्तै उपप्रमुखमा एमालेकी जागेश्वरदेवी चौधरी निर्वाचित भए। उनले २३ हजार ८६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बने माओबादि केन्द्रकी हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरे ।

 नगरपालिकाका १७ वडामध्ये कांग्रेस नौ मा र एमाले आठ वडामा विजयी भएको छ । नवनिर्वाचित प्रमुख खाणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। मतपरिणाम सार्वजनिकलगत्तै पत्रकारसँग कुराकानी गर्दै उनले सबैलाई मिलाएर काम गर्ने बताए । रुपन्देहीमा कांग्रेसले बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा जित हासिल गरेको छ । एमालेले देवदह नगरपालिकामा जित हासिल गरेको छ । यस्तै जिल्लाका १० गाउपालिकामध्ये कांग्रेसले शुद्धोधन, कञ्चन, मायादेवी र सम्मरीमाई गाउपालिकामा जित हासिल गरेको छ ।

एमालेले गैडहवा र ओमसतिया गाउँपालिकामा जित हासिल गरेको छ । कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, मर्चवारीमा जनता प्रगतिशील पार्टी र रोहिणी गाउँपालिकामा जनता समाजवादी पार्टीले जित हासिल गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार